Rule 23
दोहोरो नाम हटाउन जानकारी दिनु पर्ने
(१) एक भन्दा बढी निर्वाचन क्षेत्रको वा एकै निर्वाचन क्षेत्रको एक भन्दा बढी स्थानको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले आफ्नो नाम आफूले रोजेको कुनै एक निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा मात्र कायम राखी अन्य स्थानको मतदाता नामावलीबाट हटाउन आयोगले तोकि दिएको समयावधि भित्र अनुसूची–७ बमोजिमको ढाँचामा एकै गाउँ विकास समिति वा नगरपालिकाको वडाभित्र दोहोरो परेको भए सहायक नामदर्ता अधिकारी समक्ष, एक भन्दा बढी गाउँ विकास समिति वा नगरपालिकाको वडामा दोहोरो परेको भए सहायक नाम दर्ता अधिकारी मार्फत वा सिधै प्रमुख नाम दर्ता अधिकारी समक्ष र अन्तर जिल्लामा दोहोरो परेको भए प्रमुख नाम दर्ता अधिकारी मार्फत आयोगलाई जानकारी दिनु पर्नेछ ।
(२) कुनै मतदाताको नाम एक वा एक भन्दा बढी निर्वाचन क्षेत्रभित्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा समावेश भएकोमा दोहोरो नाम हटाई एक मात्र नाम मतदाता नामावलीमा कायम गर्नको लागि सोही गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको कुनै मतदाताले कारण खुलाई कार्यक्रममा उल्लिखित समयावधि भित्र अनुसूची– ७ बमोजिमको ढाँचामा एकै गाउँ विकास समिति वा नगरपालिकाका वडाभित्र दोहोरो परेको भए सहायक
नाम दर्ता अधिकारी समक्ष र एक भन्दा बढी गाउँ विकास समिति वा नगरपालिकाको वडामा दोहोरो परेको भए प्रमुख नाम दर्ता अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम जानकारी वा निवेदन प्राप्त नभए तापनि कुनै मतदाताको नाम एक भन्दा बढी निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा समावेश भएको कुराको जानकारी आयोगलाई प्राप्त भएमा त्यस्तो मतदाताको नाम निज स्थायी बसोवास गरेको निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा कायम गर्न र अन्य निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीबाट हटाउन आयोगले सम्बन्धित नाम दर्ता अधिकारीलाई आदेश दिन सक्नेछ ।